नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अबस्थित थोले देम्बा सिरान बाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट साबिकका गाबिस कुन्तादेबी , बरुणेश्वर (१-८) , हर्कपुर , प्राप्चा श्रीचौर रागादिप र पात्ले (१,२,७-९) समाहित गरि सिमाङ्कन गरिएको भौगोलिक क्षेत्र मोलुङ गाउँपालिका को नामले नामङ्कित छ । ओखलढुंगा जिल्लाको सदरमुकाम सि.न.पा ओखलढुंगा बाट २३ किमि पश्चिम सडक यात्रा गरेपछी यो गाउँपालिका को केन्द्र प्राप्चा देउराली पुग्न सकिन्छ ।जिल्लाका ८ स्थानिय तह मध्ये यश मोलुङ गाउँ पालिकाको जनसंख्या १६४४० र क्षेत्रफल ११२ बर्ग किमि रहेको छ ।
***व्यक्तिगत घटना दर्ता सप्ताह*** "व्यक्तिको कानूनी पहिचान र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिको लागि घटना घटेको ३५ दिन भित्र सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गई व्यक्तिगत घटना दर्ता गरौँ गराऔँ।"
निःशुल्क एच.पि.भी.(HPV) खोप अभियान शुभारम्भ २०८१ माघ २३।
""विशेषज्ञ डाक्टर सहित निःशुल्क स्वास्थ्य शिविर"को समापन समारोह २०८१ माघ १२ गते।
"विशेषज्ञ डाक्टर सहित निःशुल्क स्वास्थ्य शिविर"को पहिलो दिन २०८१ माघ ११ गते।