समाचार
""विशेषज्ञ डाक्टर सहित निःशुल्क स्वास्थ्य शिविर"को समापन समारोह २०८१ माघ १२ गते।
"#विशेषज्ञ_डाक्टर_सहित_निःशुल्क_स्वास्थ्य_शिविर"को दोस्रो तथा अन्तिम दिन!
*****************************************************
आज मिति २०८१ साल माघ १२ गते यस मोलुङ गाउँपालिकाद्वारा आयोजित "विशेषज्ञ डाक्टर सहित निःशुल्क स्वास्थ्य शिविर"को अध्यक्षतामा मोलुङ गाउँपालिका अध्यक्ष श्री उत्तम राईज्यू, अतिथिको रुपमा पाल्नुहुने पूर्व संविधान सभा सदस्य यज्ञराज सुनुवारज्यू, गाउँपालिका उपाध्यक्ष श्री उर्मिला खतिवडाज्यू,मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ (कार्डियाक सर्जियन) डा.अनिल भट्टराईज्यू, टिचिङ अस्पतालका वरिष्ठ बाल रोग विषेशज्ञ डा. दिनेश कोइरालाज्यू,ENT विशेषज्ञ डा.गणेश बहादुर चालिसेज्यू, विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष श्री रत्न थापाज्यू,विपन्नका लागि स्वास्थ्य नेपालका महासचिव प्रताप शाहीज्यू, ८ वटै वडाका वडा अध्यक्षज्यूहरु क्रमस (७ नं. वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता श्री हेम बहादुर सुनुवारज्यू,,१ नं.वडा अध्यक्ष श्री कमल बहादुर बानिँयाज्यू,२ नं. वडा का.बा. अध्यक्ष श्री दिपेन राईज्यू,३ नं. वडा अध्यक्ष श्री मित्र बहादुर सुनुवारज्यू,४ नं. वडा अध्यक्ष श्री भोलाराज राईज्यू,५ नं. वडा अध्यक्ष श्री गंगा बहादुर तामाङज्यू, ८ नं.वडा अध्यक्ष श्री सुधिर राईज्यू, कार्यपालिका सदस्यज्यूहरु (भक्त बहादुर सुनुवारज्यू,धिरज नौभाजज्यू),श्री वरुणेश्वर मा.वि.रामपुरमा प्रधानाध्यापक श्री कुल प्रसाद खतिवडाज्यू, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वेदहरी दाहालज्यू,जनस्वास्थ्य निरिक्षक मित्रमिनु ढकालज्यू,विभिन्न वडाका वडा सचिवज्यूहरु, गाउँपालिकाका विषयगत शाखाका शाखा प्रमुखज्यूहरु, गाउँपालिकाका स्वास्थकर्मीज्यूहरु, सुरक्षा निकायबाट पाल्नुहुने (नेपाल प्रहरीका सुरक्षाकर्मीज्यूहरु,नेपाली सेनाका तर्फबाट पाल्नुहुने स्वास्थ्य स्वयंमसेवक तथा सुरक्षाकर्मीज्यूहरु, पत्रकार ज्यूहरु, NCC तथा Scout का भाइबहिनीहरू, विद्यालयका शिक्षक तथा कर्मचारीहरु... लगायत यस वृहत स्वास्थ्य शिविरमा सहयोग गर्नुहुने चिकित्सक, प्राविधिक, स्वयंमसेवक लगायत सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
आज यस शीविरमा पुरुष ४८१ महिला ८५० गरी जम्मा १३३१ जनाले पहिलो दिनमा र दोस्रो दिन अर्थात आज महिला १२३ जना र पुरुष ७११ जना गरी शिविर अवधिभर १८३४ जनाले यस शिविर मार्फत सेवा लिनुभएको छ। बालबालिका तथा स्कुलका विद्यार्थीहरु र अन्य थप २०० जनाले सेवा लिनुभएको र जम्मा २३६५ जनाले यस शिविर मार्फत परिक्षण गर्नुभयो।
बाल रोग सम्बन्धी उपचारको परिक्षण ५५० जनाले गर्नुभयो भने १५ को तत्काल उपचार गर्नुपर्ने देखिएको, स्त्री रोग सम्बन्धी उपचारको परिक्षण ११५ जनाले गर्नुभयो जसमध्ये ११ को तत्काल उपचार गर्नुपर्ने देखिएको, ENT को परिक्षण २२० जनाले गर्नुभएको र जसमा ३१ जनाको तुरुन्त उपचार गर्नुपर्ने र मुटु रोग सम्बन्धी परिक्षण ७०० जनाले लिनुभएको जसमा १० जनामा जटिल रोग देखा परेकोले तत्काल उपचार गर्नुपर्ने विशेषज्ञ डाक्टरहरु, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टका बरिष्ठ मुटुरोग विशेषज्ञ (कार्डियाक सर्जियन) डा.अनिल भट्टराईज्यू, टिचिङ अस्पतालका वरिष्ठ बाल रोग विषेशज्ञ डा. दिनेश कोइराला ज्यू, ENT विशेषज्ञ डा.गणेश बहादुर चालिसेज्यू लगायतको टिमले बताउनुभयो र अरु विभिन्न शाखा मार्फत परिक्षणको काम सम्पन्न भएको छ।
यस शिविरमा प्राविधिक सहयोग "त्रि.वि. शिक्षण अस्पताल महारजगञ्ज काठमाडौँ", "मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्ज" र सहकार्य "विपन्नका लागि स्वास्थ्य नेपाल, काठमाडौँ"ले गर्नुभएको थियो।
शिविरमा जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिहरु, विपन्न नागरिक, लगायत स्थानियबासी तथा विभिन्न स्थानबाट आउनुहुने व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य जाचँ तथा निःशुल्क औषधि वितरण भयो।
कार्यक्रममा शिविरको लागि काठमाडौँबाट आफ्नो अमूल्य समयको बाबजुद यस २ दिने शिविरमा खटिनुहुने विशेषज्ञ डाक्टर, नर्स, मेडिकल अफिसर लगायत सम्पूर्ण टोलीहरुलाई गाउँपालिका अध्यक्ष श्री उत्तम राईज्यू, माननीय श्री यज्ञराज सुनुवारज्यू र गाउँपालिका उपाध्यक्ष श्री उर्मिला खतिवडाज्यूले खादा माला, सम्मान-पत्र र मायाँको चिनो सहित धन्यवाद व्यक्त गर्नुभयो।
समापन कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक श्री मित्रमिनु ढकालज्यूले गर्नुभएको थियो।।
*****************************************************
२०८१ माघ १२ (शनिबार)