FAQs Complain Problems

समाचार

सुपरिवेक्षक र गणक पदमा करार सेवामा कर्मचारी पदपूर्ति सम्वन्धि सूचना ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखाको प.सं.२०७७/७८, च.नं.४०, मिति २०७७/०८/१४ को प्राप्त पत्रानुसार यस मोलुङ गाउँपालिकामा आ.व. ०७७/७८ मा कार्यान्वयन हुने गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम सञ्चालन गर्न तथा देहायको पदमा करार सेवामा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक उम्मेद्वारहरुले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा रीतपूर्वक फाराम भरी दरखास्त पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ।

तपसिलः

क्र.

.

विज्ञापन नं.

पद

तह

माग पद संख्या

आवश्यक न्यूनतम शैक्षिक योग्यता

दरखास्त दस्तुर (रु.)

कै.

१.

०८/०७७/७८

सुपरीवेक्षक

सहायकस्तर (पाँचौं)

१ (एक)

मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्यांकशास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको 

८००।-

 

०९/०७७/७८

गणक

सहायकस्तर (चौथौ)

४(चार)

मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्यांकशास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तिमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको 

५००।-

 

 

१.  शर्त:- नेपाली नागरिक भएको तथा प्रचलित कानूनद्वारा अयोग्य नठहरिएको हुनु पर्नेछ ।

. दरखास्तको  साथ  पेश  गर्नु पर्ने  कागजातहरु :- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपि तथा प्रचलित कानून बमोजिमका अन्य कागजातहरु  ।

.  उमेर :- दरखास्त दिने अन्तिम मिति सम्ममा १८  वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ ।

.  दरखास्त दिने अन्तिम मितिः- २०७७।१०।१४ गते कार्यालय समय भित्र दरखास्त दिन सकिनेछ ।

. दरखास्त दस्तुर :- तोकिएको दरखास्त दस्तुर मोलुङ गाउँपालिकाको सनराइज बैंक लिमिटेड (आन्तरिक राजश्व खाता नं. ०८८०५१५१४७७०३००८) मा रकम जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ ।

. परीक्षाको  किसिम :- संक्षिप्त सूचि , लिखित तथा अन्तर्वार्ता ।

. परीक्षाको मिति, समय र स्थान :- दरखास्त पेश गर्ने अन्तिम मितिबाट ५ (पाँच) दिन भित्र संक्षिप्त सूची प्रकाशन गरि लिखित तथा अन्तर्बार्ता हुने मिति, समय र स्थान तोकिनेछ ।

८. कार्य  विवरण:- पदीय जिम्मेवारी बमोजिम तोकिएका कार्य ।

९. पारिश्रमिक  तथा  सेवा  सुविधाः- करार शर्तमा उल्लेख भए बमोजिम हुनेछ ।

१०. काम गर्नुपर्ने स्थानः-  मोलुङ गाउँ कार्यपालिकाको कार्यालय वा कार्यालयले तोकेको स्थान ।

११. दरखास्त पेश गर्ने स्थान :- मोलुङ गाउँ कार्यपालिकाको कार्यालय,  प्राप्चा ओखलढुंगा ।

१२. करार अविधिः- सुपरीवेक्षक तथा गणकको हकमा  अधिकतम ५(पाँच) महिना

                                                                                                            नि. प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: