समाचार
राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्वन्धि सूचना !!!
राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्वन्धि सूचना !!!
(प्रथम पटक प्रकाशित सूचना मितिः- २०७८।०२।२९)
प्रस्तुत बिषयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमको लागि अति विपन्न तथा पछाडि पारिएका समुदाय(कोभिडबाट प्रभावित समेतको) जिविकोपार्जन सूधार तथा स्वरोजगार कार्यक्रम सञ्चालनको लागि दर्ता भएका समुह/संस्थाहरुले जिविकोपार्जन सुधार कार्यक्रमको लागि कृषि तथा पशु पालन क्षेत्र, पर्यटन क्षेत्र र गैर कृषि क्षेत्रमा काम गर्ने गरी अनुसुचि -२ बमोजिमको ढाँचामा प्रस्तावना तयार पारी निम्न विवरणहरु खुलाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस मोलुङ गाउँपालिका महिला बालबालिका शाखामा प्रस्तावना पेश गर्न यो सुचना प्रकासन गरिएको छ ।रित पूर्वक नभएका र समय भित्र पेश हुन नआएका प्रस्ताव उपर कुनै कार्वाही हुने छैन ।
संचालन गर्ने कार्यक्रम
| 
 क्र.स.  | 
 कार्यक्रम  | 
 लक्षित समुह  | 
 लक्ष्य  | 
 अवधि  | 
 कैफियत  | 
| 
 १  | 
 लक्षित समुहलाई सिप तथा व्यबसायिक तालिम  | 
 उद्यमि महिला /उद्यमि समुह  | 
 २५ जना  | 
 ५ दिन  | 
 
  | 
प्रस्तावनामा संलग्न हुनु पर्ने विवरणहरु
- संस्थाको बिधान , परिचय , उदेश्य कार्यक्रम संचालन प्रकृया तथा वित्तिय स्रोत विवरण ।
 - प्रस्तावित व्यबसायको अबधारणापत्र व्यबसायको क्षेत्र,तालिम अवधि स्रोत परिचालन सहितको व्यबसायिक योजना विवरण ।
 - प्रचलित कानुन बमोजिम दर्ता तथा नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि ।
 - अघिल्लो आर्थिक बर्षको दर्ता तथा नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि ।
 - अघिल्लो आर्थिक बर्षको लेखा परिक्षण प्रतिवेदन
 - प्रस्तावित कार्यक्रममा संस्थाको योगदानको अंश अन्य निकाय बाट प्राप्त हुने सम्भाव्य सहयोग वा साझेदारीको स्रोत सहितको यथार्थ विवरण ।
 - कालो सूचिमा नपरेको र प्रचलित कानुन बमोजिम अयोग्य नरहेको स्वघोषणा ।
 - प्रस्तावना दर्ता गर्दा संस्थाले विपन्न र एकल महिलाको आर्थिक उत्थान तथा सशक्तिकरण हुने गरी व्यबसायिक सम्भाव्यता समेत उल्लेख गरी सोको कार्यान्वयन कार्य योजना सहित प्रस्तावना पेश गर्नु पर्नेछ ।
 - प्रस्ताव गाउँपालिकाको स्विकृत मापदण्ड अनुसार हुनु पर्नेछ ।
 


