समाचार
प्राविधिक सहायक पदको लिखित परिक्षा सम्वन्धि सूचना ।
प्रस्तुत बिषयमा यस कार्यालयको मिति २०७७।०४।२७ गते प्रकाशित बिज्ञापन नं. ०३-०७७/०७८ प्राविधिक सहायक पदको करारमा पदपुर्ति गर्ने सम्वन्धि प्रकाशित सुचना अनुसार रितपुर्वक दरखास्त पेश हुन आएका उम्मेद्वारको प्रारम्भिक योग्यताक्रमको सूचि एवं लिखित परिक्षा सम्वन्धमा मिति २०७७।०५।१६ मा प्रकाशित सूचना बमोजिम प्रारम्भिक योग्यताक्रम सूचिमा समावेश भएका उम्मेद्वारको मिति २०७७।०५।२७ गते बिहान ८ बजे हुने भनिएकोमा कोभिड-१९को कारण कार्यालयको आकष्मिक सेवा बाहेक सबै सेवा बन्द भएको तथा अन्य प्राविधिक कारणबाट परिक्षा सार्न पर्ने बिशेष अवस्था भएकाले उक्त परिक्षा असोज १० गते शनिवार बिहान ८ बजे यसै कार्यालयमा हुने भएकाले सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।