FAQs Complain Problems

समाचार

प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्वन्धि सूचना ।

प्रस्तुत बिषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७७।०७८ च.नं. pmep२३ को मिति २०७६।०४।१२ को पत्र बमोजिम यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागी निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नगारिकले १५ दिन भित्र माग बमोजिम विवरण र राजश्व तिरेको सक्कलै रसिद सहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ ।

तपशिल

क्र.स.

बिज्ञापन नं.

पद

तह

संख्या

०३-०७७/७८

प्राविधिक सहायक

स्थानिय सेवाको पाँचौ तह सरह

१. आवश्यक न्युनतम योग्यता र अनुभवः-

(क) सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तिर्ण भएको,

(क) अनुभव र सिपः- प्राविधिक सहायक मा देहायका अनुभव र सिप आवश्यकपर्नेछ ।

  • कम्तिमा ३ महिने कम्प्युटर तालिम लिई कम्प्युटर सम्वन्धि आधारभुत सिप भएको,
  • पुर्वाधार निर्माण र मर्मतका लागी आयोजनाको लागत अनुमान सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने , बिश्लेषण गर्न सक्ने , आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलिमा काम गरेको अनुभव , पारस्पारिक सम्वन्ध सम्वन्धि सिप सहित ६ महिनाको अनुभव भएको ।

(ग) उमेरः- कम्तिमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको ।

२. दरखास्त दिने स्थानः- मोलुङ गाउँपालिकाको कार्यालय प्राप्चा

३. दरखास्त दिने अन्तिम मितिः- २०७७।०५।०९

४. आवेदन दस्तुरः- रु५००।-

५. छनौटको किसिमः- प्रारम्भिक योग्यताक्रमको सुचि प्रकाशन र लिखित परीक्षा

६. आवेदन साथ संलग्न कागजातहरुः- आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु

  • नागरिकता
  • न्युनतम योग्यताको लब्धाङ्क पत्र
  • चारित्रिक प्रमाण पत्र
  • अनुभव खुल्ने कागजात
  • २ प्रति पासपोर्ट आकारको फोटो

७. सेवा सुविधाः- गाउँपालिकामा प्राविधिक सहायक पदपुर्ति सम्वन्धि प्रक्रियाको दफा (११), (१२), र (१३) बमोजिम हुनेछ ।

८. कार्यविवरणः- गाउँपालिकामा प्राविधिक सहायक पदपुर्ति सम्वन्धि प्रक्रियाको दफा (९) बमोजिम  हुनेछ ।

९. आवेदन पाइने स्थानः-  www.molungmun.gov.np  र www.pmep.gov.np मा उपलब्ध छ ।

१०. बृस्तृत जानकारीको लागी यस गाउँपालिकाको कार्यालय प्रशासन शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ ।

 

आर्थिक वर्ष: