FAQs Complain Problems

समाचार

न्युनतम रोजगारीमा संलग्न हुनको लागी निवेदन पेश गर्ने सम्वन्धि सूचना !

 

रोजगारीको हक सम्वन्धि ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्वन्धि नियमावलि २०७५ को नियम ७, प्रधानमन्त्रि रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ तथा नेपाल सरकार (मन्त्रिपरिषद्)को तत्कालिन राहत सम्वन्धि

 मिति २०७७।०१।१४को निर्णय समेतको आधारमा चालु आर्थिक बर्ष २०७७।०७८ मा यस मोलुङ गाउँपालिका अन्तर्गत संचालनमा रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन सम्मको न्युनतम रोजगारीमा संलग्न भै सार्वजनिक  विकास निर्माणमा योगदान गर्न इच्छुक बेरोजगार ब्याक्तिहरुले २०७७ श्रावण ८ गते देखि २०७७ भाद्र ७ गते सम्ममा आफु स्थायी बसोबास गरेको वडाको सम्वन्धित वडा कार्यालयमा गई आवश्यक कागजात सहित निवेदन दिनु हुन यो सुचना प्रकाशन गरिएको छ । बेरोजगार दर्ताको लागी तपशिल बमोजिमको प्रक्रिया सहित निवेदन सम्वन्धित वडा कार्यालयमा पेश गर्नु हुन अनुरोध छ ।

 

निवेदन दिनको लागी आवश्यक कागजातहरुः-

१. बेरोजगार दर्ताको लागी दिने निवेदन( सम्वन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ ।)

२. निवेदन दिने व्यक्तिको नागरिकता प्रमाण पत्र -एक प्रति

३. निवेदन दिने ब्याक्तिको हाल सालै खिचेको पासपोर्ट साइजको फोटो -एक प्रति  

४. निवेदन दिने ब्याक्तिको एकाघर परिवार सदस्यहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि -एक/एक प्रति

५. निवेदन दिने व्याक्तिले कुनै शिपमुलक तालिम लिएको भए उक्त तालिमको प्रमाण पत्रको प्रतिलिपि -एक प्रति

६. निवेदन दिने व्यक्ति वा परिवारमा अपाङ्गता भएका सदस्य भएमा अपाङ्ग परिचय पत्रको प्रतिलिपि -एक प्रति

७. निवेदन बैदेशिक रोजगारीबाट फर्किएको वा श्रम स्विकृति लिई रोजगारीमा रोजगारीमा जान नपाएको भएमा उक्त ब्यहोरा खुल्ने कागजातको प्रतिलिपि ।

 

(नोटः-निवेदन दिने ब्याक्तिले फारममा उल्लेखित विवरणहरु पुर्ण रुपमा नभरेमा वा तोकिएको कागजातहरु पेश नगरेमा उक्त निवेदनहरु रद्द हुने यसै सूचना मार्फत जानकारी गराईन्छ ।)

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: