समाचार
निशुल्क तालिम सम्बन्धी सूचना !
विषय: सीपमूलक तालिम सम्बन्धी
प्रस्तुत बिषयमा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौको प.स. ०७७।०७८ च.नं. १०३ मिति २०७७।१०।०५ को पत्र मार्फत कोभिडको प्रभावपछि वैदेशिक रोजगारी गुमाइ नेपाल फर्केका वा मुलुकमा बेरोजगार भइरहेका रोजगार सुचना केन्द्रमा सुचिकृत वा सूचीकृत हुन् चाहने बेरोजगार,गरिव, आर्थिक रुपले विपन्न, दलित, जनजाति, आदिवासी, महिला, मधेसी एवम सिमान्तकृत पिछडिएका अल्पसंख्यक व्यक्ति, अपाङ्ग, शहिद परिवार, द्वन्द्व पीडित व्यत्तिहरु तथा यस केन्द्रको वेवसाइटमा रहेको घरेलु तथा साना उद्योग प्रवर्द्धन तालिम कार्यक्रम संचालन कार्यविधि २०७७ को दफा ४ ले तोकेको लक्षीत समूहमा पर्ने नागरिकलाइ सिपमुलुक तालिम लिइ स्वरोजगार हुने एवं उद्यम संचालन गराउन उत्प्रेरित गर्ने उद्देश्यले ६० वटा सीप मूलक तलिम संचालन हुन गइरहेकाले सो संग सम्बन्धित सूचना सर्वसाधारणलाई जानकारी सहित अनुरोध छ ।
www.mcsipc.gov.np मा गएर अनलाइन आवेदन दिन सकिने छ ।