समाचार
निःशुल्क एच.पि.भी.(HPV) खोप अभियान शुभारम्भ २०८१ माघ २३।
पाठेघरको मुखको क्यान्सर विरुद्धको
#निःशुल्क एच.पि.भी.(HPV) खोप अभियान शुभारम्भ २०८१
आज मिति २०८१ साल माघ २३ गते कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई निःशुल्क एच.पि.भी. खोपको शुभारम्भ गर्नुहुदैँ गाउँपालिका अध्यक्ष श्री उत्तम राई ज्यू.. ।
**खोप कार्यक्रमको शुभारम्भ शिवदुती मा.वि.बाट भयो। खोप कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री उत्तम राई ज्यू, जिल्ला समन्वय समिति उप-प्रमुख श्री तारादेवी कार्की ज्यू,५ नं वडा अध्यक्ष श्री गंगा बहादुर तामाङ ज्यू,स्वास्थ्य कार्यालय रुम्जाटार प्रमुख श्री कर्मचन्द्र राजवंशी ज्यू,स्वास्थ्य शाखा प्रमुख श्री वेदहरी दाहाल ज्यू,स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य निरीक्षक श्री उमा गुरुङ ज्यू,विद्यालयका प्र.अ.ज्यू,शिक्षक ज्यूहरु,स्वास्थ्यका कर्मचारीज्यूहरु,स्वंयमसेविकाहरु लगायतको उपस्थितिमा खोप कार्यक्रम सञ्चालन भएको छ।
**खोप कार्यक्रमको अनुगमन मोलुङ गाउँपालिका वडा नं ४ स्थित श्री जिवन प्रदिप मा.वि.माविमा समेत अध्यक्ष श्री उत्तम राई ज्यू लगायतको टोली बाट सम्पन्न भएको छ।।
खोप कार्यक्रम गाउँपालिकाको सम्पूर्ण वडा बाट सञ्चालन भईरहेको छ।खोप कार्यक्रम २०८१ माघ २७ गते सम्म सञ्चालन हुनेछ।यस खोप पाठेघरको मुखको क्यान्सरको रोकथामको लागि अति उपयोगी भएकोले यस खोप किशोरीहरुले नछुटाउन गाउँपालिका अध्यक्ष श्री उत्तम राई ज्यूले आग्रह गर्नुभयो।