FAQs Complain Problems

समाचार

करार सेवामा मेडिकल अधिकृत , स्टाफ नर्स र रोजगार संयोजक पदपुर्ति सम्वन्धि सूचना !

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प.स. २०७७।०७८ च.नं. १२६ मिति २०७७।०५।२३ गते र (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७६।०७७ च.नं. ६९ को मिति २०७६।०८।०४ को पत्र बमोजिमको पत्र अनुसार स्थानिय तहमा कोभिड-१९ अस्थायी अस्पताल संचालन सम्वन्धि मार्गदर्शन ,२०७७" मा व्यवस्था भई यस मोलुङ गाउँपालिकामा स्थापना हुन लागेको ५ शैयाको अस्पताल र मोलुङ गाउँपालिका रोजगार सेवा केन्द्र सञ्चालनका लागी तपशिल बमोजिमका कर्मचारी करारमा राख्नु पर्ने भएकाले प्रचलित कानुन अनुसार योग्य नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र कार्यालय समयमा तोकिएको राजश्व तिरेको रसिद सहित आवेदनको ढाँचामा दरखास्त पेश गर्नु हुन सम्वन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । रित पुर्वक वा म्याद नाघेर आएका दरखास्त उपर कुनै कारबाहि हुने छैन ।

क्र.स.

बिज्ञापन नं

पद

संख्या

पारिश्रमिक

नियुक्तिको किसिम

दरखास्त दस्तुर

योग्यता

०४-२०७७/०७८

मेडिकल अधिकृत

नेपाल सरकारले तोके बमोजिम मासिक पारिश्रमिक र जोखिम भत्ता

करार

रु १०००।-

मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS उत्तिर्ण भई NMC मा दर्ता भएको हुनु पर्ने

०५-२०७७/०७८

स्टाफ नर्स

नेपाल सरकारले तोके बमोजिम मासिक पारिश्रमिक र जोखिम भत्ता

करार

रु ५००।-

मान्यता प्राप्त शिक्षण संस्थाबाट PCL उत्तिर्ण भई NMC मा दर्ता भएको हुनु पर्ने

०६-

२०७७/०७८

रोजगार संयोजक

स्थानिय सेवाको छैटौ तहले पाउने तलब ,स्थानिय भत्ता ,पोशाक भत्ता र चाड पर्व खर्च उपलब्ध हुनेछ ।

 

करार

रु १०००।-

मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा सो सरह उत्तिर्ण हुनु पर्ने ।

१. आवेदन फारम मोलुङ गाउँपालिकाको कार्यालय वा www.molungmun.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

२. आवेदन दस्तुर तोकिएको दरखास्त दस्तुर मोलुङ गाउँपालिकाको सनराइज बैंक लिमिटेड( आन्तरिक राजश्व खाता नं. ०८८०५१५१४७७०३००८) मा रकम जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ ।

३. दरखास्त दिने अन्तिम मितिः-२०७७ असोज २२ गते सम्म ।

४. आवेदन पेश गर्ने स्थानः- मोलुङ गाउँपालिका को कार्यालय वा रितपुर्वक भरिएको फारम ito.molungmun@gmail.com  मा  Scan Copy समेत पठाउन सकिने छ ।

५. परिक्षाको किसिमः- मेडिकल अफिसर र स्टाफ नर्सको लिखित तथा अन्तर्बार्ता , रोजगार संयोजकको छोटो सुचिमा परेका उम्मेद्वारको लिखित परिक्षा लिईनेछ ।

६. परिक्षा हुने मितिः- दरखास्त समाप्त हुने मितिको भोलिपल्ट कार्यालयको सूचना पाटी तथा Website मा प्रकाशन गरिनेछ ।

७. उमेरः- मेडिकल अधिकृत र स्टाफ नर्सको लागी १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको , रोजगार संयोजकको लागी २१ बर्ष पुरा भई ४५ बर्ष ननाघेको हुनु पर्नेछ ।

 दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरुः-

१ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

२. आवश्यक शैक्षिक योग्यताको लब्धाङ्क प्रमाण पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपि ।

३. मेडिकल अधिकृत र स्टाफ नर्सको लागी NMC मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।

४. सेवा सम्वन्धि तालिम तथा अनुभवको प्रमाण पत्रको प्रतिलिपि

५.पासपोर्ट साइजको फोटो -२ प्रति

 

सम्पर्कको लागीः- 9852840505

                                                              नि.प्रमुख प्रशासकिय अधिकृत    

आर्थिक वर्ष: