समाचार
एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम संचालनका लागि प्रस्ताव पेश गर्ने सम्वन्धि सूचना
चालु आर्थिक बर्ष २०७८।०७९ मा यस मोलुङ गाउँपालिकाबाट शैक्षिक संस्थाहरुमा उद्यमशिलता प्रवर्द्धनका लागि १ वटा सामुदायिक माध्यमिक विद्यालयमा एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम मार्फत आर्थिक अनुदान / सहायता दिने कार्यक्रम रहेकाले उक्त कार्यक्रम संचालन गर्न इच्छुक यस मोलुङ गाउँपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयहरुले सूचना प्रकाशन भएको मितिले ३० (तिस) दिन भित्र यस मोलुङ गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नुहुन वा गाउँपालिकाको molungrm@gmail.com मा ईमेल गरी पठाउनु हुन यो सूचना गरिएको छ ।
पेश गर्नुपर्ने कागजातहरुः
१. उद्यम परियोजना प्रस्ताव ।
२. विद्यालय व्यबस्थापन समिति र सम्वन्धित वडा समितिको प्रतिवद्धता पत्र ।
३. विद्यालय उद्यम कोष स्थापना भएको प्रमाणित हुने कागजात।
४. प्राविधिक धार संचालन भएको भए अनुमति पत्रको प्रतिलिपि ।
५. विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, जनशक्ति र बाताबरणिय पुर्वाधार सहित विद्यालयको संक्षिप्त प्रोफाईल ।
६. विद्यालयको बिगत तिन बर्षको शैक्षिक उपलब्धि विवरण ।
७. पूर्व विद्यार्थि मञ्च र उद्यमि विद्यार्थि क्लब गठन भएको भए सोको प्रमाणित हुने कागज ।
८. आ.व. २०७७।०७८ को लेखा परिक्षण प्रतिवेदन ।
(नोटः- कार्यविधि , प्रस्ताव ढाँचा एवं सूचनाको PDF यसै साथ संलग्न गरिएको छ ।
आर्थिक वर्ष:
मोलुङ गााउँपालिकाको पार्श्व चित्र
मोलुङ गााउँपालिकाले गरेको घरधुरि सर्वेक्षण २०७७ पश्चात निर्माण गरिएको पार्श्व चित्र
https://drive.google.com/file/d/1T2G8x_OFF3o_SQHMXaTVUcBuRXHgXndK/view?u...
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण
सुचनाको हक कार्यान्वयन सम्बन्धि प्रगति बिबरण