समाचार
"विशेषज्ञ डाक्टर सहित निःशुल्क स्वास्थ्य शिविर"को पहिलो दिन २०८१ माघ ११ गते।
"#विशेषज्ञ_डाक्टर_सहित_निःशुल्क_स्वास्थ्य_शिविर"को पहिलो दिन!
*****************************************************
आज मिति २०८१ साल माघ ११ गते यस मोलुङ गाउँपालिकाद्वारा आयोजित "विशेषज्ञ डाक्टर सहित निःशुल्क स्वास्थ्य शिविर"को अध्यक्षता मोलुङ गाउँपालिका अध्यक्ष श्री उत्तम राई ज्यूको अध्यक्षता अतिथिको रुपमा पाल्नुहुने पूर्व संविधान सभा सदस्य यज्ञराज सुनुवार ज्यू,प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवार ज्यू गाउँपालिका उपाध्यक्ष श्री उर्मिला खतिवडा ज्यू,गाउँपालिकाका संस्थापक अध्यक्ष श्री मणिराज राई ज्यू, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रका प्रमुख श्री ज्ञान बहादुर बस्नेत ज्यू,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री आशो कर्ण ज्यू,कार्डियो भास्कुलर तथा ट्रान्सप्लानेटका बरिष्ठ मुटुरोग विशेषज्ञ (कार्डियाक सर्जियन) डा.अनिल भट्टराई ज्यू, टिचिङ अस्पतालका वरिष्ठ बाल रोग विषेशज्ञ डा. दिनेश कोइराला ज्यू,ENT विशेषज्ञ डा.गणेश बहादुर चालिसे ज्यू, विपन्नताका लागि स्वास्थ्य नेपालका अध्यक्ष श्री रत्न थापा ज्यू,विपन्नताका लागि स्वास्थ्य नेपालका महासचिव प्रताप शाही ज्यू,स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख श्री कर्मचन्द्र राजवंशी ज्यू,८ वटै वडाका वडा अध्यक्ष ज्यूहरु क्रमस ( ७ नं. वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता श्री हेम बहादुर सुनुवार ज्यू,,१ नं.वडा अध्यक्ष श्री कमल बहादुर बानिँया ज्यू,२ नं. वडा का.बा. अध्यक्ष श्री दिपेन राई ज्यू,३ नं. वडा अध्यक्ष श्री मित्र बहादुर सुनुवार ज्यू,४ नं. वडा अध्यक्ष श्री भोला राज राई ज्यू,५ नं. वडा अध्यक्ष श्री गंगा बहादुर तामाङ ज्यू, ८ नं.वडा अध्यक्ष श्री सुधिर राई ज्यू,कार्यपालिका सदस्यज्यूहरु (भक्त बहादुर सुनुवार ज्यू,धिरज नौभाज ज्यू),श्री वरुनेश्वर मा.वि.रामपुरमा प्रधानाध्यापक श्री कुल प्रसाद खतिवडा ज्यू, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वेदहरी दाहाल ज्यू,जनस्वास्थ्य निरिक्षक मित्रमिनु ढकाल ज्यू,विभिन्न वडाका वडा सचिव ज्यूहरु,गाउँपालिकाका विषयगत शाखाका शाखा प्रमुख ज्यूहरु,गाउँपालिकाका स्वास्थकर्मी ज्यूहरु,सुरक्षा निकायबाट पाल्नुहुने (नेपाल प्रहरीका सुरक्षाकर्मीज्यूहरु,नेपाली सेनाका तर्फबाट पाल्नुहुने स्वास्थ्य स्वयंमसेवक तथा सुरक्षाकर्मी ज्यूहरु,पत्रकार ज्यूहरु,NCC तथा Scout का भाइबहिनीहरू,विद्यालयका शिक्षक तथा कर्मचारीहरु..लगायत यस वृहत स्वास्थ्य शिविरमा सहयोग गर्नुहुने चिकित्सक,प्राविधिक,स्वयंमसेवक लगायत सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्ष गर्दछौ।
आज यस शीविरमा पुरुष ४८१ महिला ८५० गरी जम्मा १३३१ जनाले सेवा लिनुभएको छ। शिविर भोलि २०८१ माघ १२ गते सम्म सञ्चालन रहने छ।
यस शिविरमा प्राविधिक सहयोग "त्रिवि शिक्षण अस्पताल महारजगञ्ज काठमाडौँ","मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लानेट सेन्टर,महाराजगञ्ज" र सहकार्य "विपन्नका लागि स्वास्थ्य नेपाल,काठमाडौँ"ले गर्नुभएको थियो।
शिविरमा जेष्ठ नागरिक,महिला,अपाङ्गता भएका व्यक्तिहरु,विपन्न नागरिक ,लगायत स्थानियबासी तथा विभिन्न स्थानबाट आउनुहुने व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य जाचँ तथा निःशुल्क औषधि वितरण भयो।
कार्यक्रमको उद्घाटन समारोहको सञ्चालन मित्रमिनु ढकाल ज्यूले गर्नुभएको थियो।।
*****************************************************
२०८१ माघ ११ (शुक्रबार)