FAQs Complain Problems

समाचार

सरस्वती पौडेल

ईमेल: 
sp2039320@gmail.com
फोन: 
9842929378

सुशासन (व्यवस्थापन तथा संचालन ऐन) २०६४ तथा नियमावली २०६५, निजामती सेवा २०४९ तथा नियमावली तथा नियमावली २०५०, स्थानीय सरकार संचालन ऐन २०७४ लगायत नेपाल सरकारद्वारा समय समयमा जारी निर्देशन र परिपत्रमा उल्लेखित प्रावधानका अतिरिक्त देहाय वमोजिमका कार्य सम्पादन गर्ने गरी यो कार्यसम्पादन करार सम्झौता गरिएको छ । यो करार सम्झौता मोलुङ  गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पहिलो पक्ष र शिक्षा शाखा संयोजक दास्रो पक्ष मानिएको छ ।                        

१.“म भष्टचार गर्दिन र अरुलाई पनि गर्न दिने छैन” शून्य सहनशीलतालाई कार्यान्वयन गर्नेछु ।                   
२. शिक्षा क्षेत्रको वित्तीय सुशासन कायम राख्न प्रचलित आर्थिक कानुन तथा नियमको पालना गर्नु/गराउनु पर्ने छ ।                                                                         
३. शिक्षा शाखाको व्यवस्थापनमा नयाँ प्रविधि र सिपको उपयोग गरी छिटो छरितो रुपमा सेवा प्रवाह गर्नु पर्ने छ ।                                                                                           
४.विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई शैक्षिक विकासमा उत्तरदायी हुने गरी प्रशिक्षित गर्ने, पोत्साहन गर्ने र कार्य प्रगति प्रति उत्तरदायी बनाउन प्रयत्नरत रहनु पर्ने छ ।    
५. आफ्नो शाखामा विद्यामान रहेको भौतिक सम्पतिहरु नियमित रुपमा अद्यावधिक गर्नु पर्ने छ ।                         
६. शिक्षा शाखा तर्फबाट पुराना वेरुजु फर्छ्यौट तर्फ अग्रिम भुमिका निर्वाह गर्नु पर्ने छ ।                                     
७. शिक्षा शाखाको चौमासिक प्रगति प्रतिवेदन र वार्षिक प्रगति प्रतिवेदन निश्चित समय भित्र नै सम्वन्धित निकायमा पठाउनु पर्ने छ । 
८. वालवालिकाको सर्वाङ्गीग विकासका लागि अतिरिक्त क्रियाकलापहरुको व्यवस्था गर्नुपर्ने छ ।                         
९. वालवालिकाहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सदैव उत्तरदायी रहनु पर्ने छ ।      
१०. शिक्षा तर्फबाट तथ्याङ्कहरुलाई अभिलेखिकरण र प्रमाणिकरण गरी अद्यावधिक गर्नुपर्ने छ ।                                                   
११. शिक्षा तर्फको सार्वजनिक जवाफदेहिता प्रावधनका लागि सार्वजनिक सुनुवाईलाई कानुन बमोजिम गनुपर्ने छ । 
१२. परीक्षा मूल्याङ्कन विद्यालयमा हुन तथा नतिजा विष्लेषण कार्यलाई चुस्त दुरुस्त विस्वासनिय र वैद्य बनाउनुपर्ने छ 
१३. खेलकुद विकासको लागि गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । 
१४. मोलुङ  गाउँपालिका शिक्षा ऐन नियमावली अनुसार सम्पुर्ण विद्यालयहरुमा कार्य सम्पादन गराउनु पर्नेछ ।