FAQs Complain Problems

समाचार

रोजगार संयोजक पदमा सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धि सुचना !

प्रस्तुत बिषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७६।०७७ च.नं. ६९ को मिति २०७६।०८।०४ को पत्र बमोजिम स्थानिय तहहरुमा रिक्त रहेको रोजगार संयोजक पदमा  पदपुर्ति गर्न सक्ने भन्ने ब्यबस्था उल्लेख भए बमोजिम यस मोलुङ गाउँ कार्यपालिकाको कार्यालयका लागी १ जना रोजगार संयोजक सेवा करारमा लिनु पर्ने भएकाले निम्न बमोजिम योग्यता पुगेका २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेका  इच्छुक उम्मेद्वारहरुले १५ दिन भित्र यस कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

तपशिल

क्र.स.

किसिम

बिज्ञापन नं.

पद

तह

खुल्ला

०१-०७६/७७

रोजगार संयोजक

छैटौ

परिक्षाको किसिमः- छोटो सुचिमा परेका उम्मेद्वारको लिखित परिक्षा लिईनेछ ।

परिक्षा दस्तुरः- १,०००।-( मोलुङ गाउँपालिकाको सनराईज बैंक मोलुङ शाखाको आन्तरिक खाता नं. ०८८०५१५१४७७०३००४  एक हजार रकम जम्मा गरेको भौचर पेश गर्नु पर्ने छ ।)

दरखास्त दिने स्थानः- गाउँपालिकाको कार्यालय प्राप्चामा स्वयम् उपस्थित भएर एवम् मोलुङ गाउँपालिकाको Email:- molungrm@gmail.com मा पठाउन सकिन्छ ।

दरखास्त दिने अन्तिम मितिः- २०७६।०९।०१ देखि २०७६।०९।१५ गते सम्म।

तलब भत्ताः-  स्थानिय सेवाको छैटौ तहले पाउने तलब ,स्थानिय भत्ता ,पोशाक भत्ता र चाड पर्व खर्च उपलब्ध हुनेछ ।

छोटो सुचि प्रकाशनः- २०७६।०९।१७ गते ।

लिखित परिक्षाः-२०७६।09।२४ गते ।

नतिजा प्रकाशनः- छनौट समितिको निर्णय बमोजिम गरिनेछ ।

आबश्यक न्युनतम योग्यताः- नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा सो सरह उत्तिर्ण हुनु पर्ने ।

थप जानकारीको लागी सम्पर्कः- ९८५२८४०५०१,९८५२८४०५०५

                                        प्रमुख प्रशासकिय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: